नेपालको संविधान जारी भई गण्डकी प्रदेश स्थापना भए पश्चात नेपालको संविधानको धारा ५७ र अनुसुची ६ ले दिएको अधिकारको प्रयोग गरी प्रदेशमा विभिन्न मन्त्रालयहरु र विषयगत कार्यालयहरु स्थापना गरी कार्यसम्पादन गर्दै जाने क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गण्डकी प्रदेश पोखराको मिति २०७५/०६/०६ गतेको निर्णयअनुसार भौतिक पूर्वाधार विकास मन्त्रालय, गण्डकी प्रदेशको संगठन र व्यवस्थापन सर्वेक्षण स्वीकृत गरी यस शहरी बिकास तथा भवन कार्यालय कास्की विधिवत रुपमा मिति २०७५/०६/१३ गतेदेखि संचालनमा आएको हो । प्रदेश भित्रका ११ जिल्ला कार्यक्षेत्र भएको यस कार्यालयले विशेष गरी शहरी मोटरबाटो, सहरी पूर्वाधार निर्माण सन्चालन, मर्मत संभार र आवास तथा भवन सम्बन्धी योजना कार्यान्वयन र मार्ग निर्देशन तथा सुरक्षित बसोबास सम्बन्धी निति तर्जुमा र कार्यान्बयन सम्वन्धी कार्य गर्ने गर्दछ । शहरी बिकास तथा भवन कार्यालय नदिपुर, पोखरा, कास्की जिल्लामा रहेको छ ।
© सर्वाधिकार सुरक्षित शहरी बिकास तथा भवन कार्यालय, कास्की
Powered By: ProActive Developers